पूर्वमन्त्री मनाङे कारागार चलान, कति वर्ष बस्छन् जेल ?

काठमाडाैं | कात्तिक २७, २०८१

पूर्वमन्त्री मनाङे कारागार चलान, कति वर्ष बस्छन् जेल ?

काठमाडौँ:   उच्च अदालतको फैसलालाई सर्वाेच्चले सदरगरेसँगै पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ) कारागार चलान भएका छन् ।

 

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी जनाएको छ ।

 

आज काठमाडौंबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।

 

त्यसलगत्तै अदालतले उनलाई केन्द्रीय कारागार लगिएको हो ।

 

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

 

सोही मुद्दालाई कात्तिक २० गते सर्वोच्च अदालतले फैसला मिलेको भन्दै सदर गरेको थियो । 

 

५ वर्ष कैदको फैसला भएको मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।


 

यो पनि पढ्नुहोस

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्